मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जान्नुहोस् ‘लभ बाइट्स’का रोचक कुरा 

आफू र आफ्ना प्रिय–प्रियसीबीचको रोमाञ्चक क्षणको साक्षी हो  – ‘लभ बाइट्स’

धेरैजसो मानिस आफ्नो निजी जीवनलाई सार्वजनिक गर्न चाहँदैनन्, त्यसैले उनीहरू आफ्नो लभ बाइट्स लुकाउँछन् । यद्यपि यो दुई प्रेमीबीचको रोमान्सको अनुपम क्षण हो, जसका लागि कसैले पनि असहज महसुस गर्नु पर्दैन । 

लभ बाइट्सका रोचक कुरा 

– अधिकांश व्यक्ति लभ बाइट लुकाउन चाहन्छन्, तर यसको प्रभाव हटाउन केही समय लाग्छ । त्यसको कारण लभ बाइट्सको प्रभाव छालाको बाहिरी हिस्सामा नभै भित्री हिस्सामा समेत उपस्थित हुनु हो ।

– लभ बाइट दुई सातासम्म रहन सक्छ । यस विषयमा गरिएको अनुसन्धान अनुसार यसको प्रभाव कति समयसम्म रहन्छ भन्ने कुरा यो कति गहनताका साथ गरिएको हो र यौनसाथीको स्वास्थ्य स्थिति कस्तो छ भन्ने कुरामा निर्भर रहन्छ । 

– यदि हल्का दबाब वा घर्षणले शरीरमा नीलो वा कालो दाग बस्छ भने यसले शरीरमा रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्सको कमी छ भन्ने कुरा बुझ्नुपर्छ । त्यसबाहेक जसको शरीरमा आइरनको कमी हुन्छ उसको शरीरमा पनि छिट्टै लभ बाइट बस्छ । 

– वात्स्यायनले कामसूत्रमा आठ प्रकारका लभ बाइट्सका बारेमा उल्लेख गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?