मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘काठमाडौँ–कलिङ महोत्सव’मा पाँच कृतिलाई ‘यशस्वी’ अवार्ड

काठमाडौँ – शनिबारदेखि ललितपुरमा जारी ‘काठमाडौँ–कलिङ साहित्य महोत्सवको तेस्रो संस्करणमा पाँच कृति ‘यशस्वी बुक अवार्ड २०८१’ बाट पुरस्कृत भएका छन्।

दुई दिनसम्म चल्ने महोत्सवमा आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरूलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत कृतिहरूमा काव्यतर्फ देवव्रतको ‘अस्वत्थामाको निधारबाट बागमती बग्छ’,  आख्यानतर्फ मुना चौधरीको ‘लार’ कथा सङ्ग्रह, गैर-आख्यानतर्फ मोमिला जोशीको ‘प्रश्नहरु त बाँकी नै रहन्छन्’ रहेका छन् । 

त्यस्तै अरुण गुप्तोको ‘संस्कृति चिन्तन’ (संयुक्त) र अङ्ग्रेजीतर्फ रोहिणी राणाको ‘द नेपाल कुक बुक’ र अनुसन्धानतर्फ यज्ञराज उपाध्यायको ‘काली कर्णालीको लोक साहित्य’ कृतिहरू रहेका छन् । 

पुरस्कृत कृतिका प्रत्येक सष्टालाई  बीस हजार राशीसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको हो। दुई दिने महोत्सव भोलि आइतबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?