मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कागती पानी पिउँदा ध्यान दिनुहोस् यी कुरा

कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर ।

भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार यो फल मानव स्वास्थ्यका लागि निकै लाभदायी छ ।

तर कागती पानी खानुका फाइदासँगै बेफाइदा पनि छन् । यदि तपाईँ दिनदिनै कागती पानी पिउनु हुन्छ भने सचेत रहन जरुरी हुन्छ ।

कागती पानी पिउँदा ध्यान दिनु पर्ने कुरा

१. दाँतमा समस्या छ भने कागती पानी पिउनाले दाँतलाई असार गने गरेको पाइएको छ ।

२. एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्या भएका व्यक्तिहरुले कागती पानी पिउनु हुँदैन ।

३. धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाब आउँछ । बारम्बार शरीरबाट पिसाब जाँदा पनि डिहाइड्रेशनको समस्या हुन सक्छ ।

४. धेरै कागती पानीले एसिडिटी त बढाउँछ नै पेटका अन्य अङ्गहरूमा हानी पनि पुर्‍याउन मद्दत गर्छ । जसले पाचन प्रणाली समेत खराब गर्न सक्छ ।

५. कागती पानीमा अक्सलेट्स पाइने भएका कारण यसले मृगौला र कलेजोलाई पनि प्रभाव पार्न सक्छ ।

६. धेरै तातो पानी र कागती पिउँदा त्यति धेरै फाइदा नहुने गरेको पाइन्छ । तर मनतातो पानी र कागती पिउँदा धरै फाइदा लिन सकिने जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?