मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संस्कृतिमन्त्री भन्छन्- संस्कृति समाजको प्राण हो

काठमाडौँ– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् । हरितालिका तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रको स्थलगत अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरूसँग प्रतिक्रियामा उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो ।’

उनले हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यवस्थापनका बारेमा बुझेको र भक्तजनहरूले लामो लाईन नलागि नै दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?