मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

व्रत सकिएपछि के खाने ?

काठमाडौँ- आज दिनभर निराहार व्रत बसेर हिन्दू नारीहरुले तीज मनाएका छन् । निराहार व्रत सकिएपछि के खाने के नखाने भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ । ब्रत सकिएपछि मानिसहरू खान नहुने कुरा बढी खाएर पनि बिरामी पर्ने गरेका चिकित्सकहरू बताउँछन् ।

दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खानेकुरा खान सकिन्छ । लामो ब्रतपछि एकै पटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ ।

ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त मानिन्छ ।

ब्रत सकिएपछि आँटाको रोटी बनाई आलुसँग खान सकिन्छ । ब्रतमा साबुदाना र दूध मिलाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुने बताइन्छ ।

ब्रतमा बदाम भिजाएर दूधमा लगाएर पनि खान सकिन्छ ।

ब्रत सकिएपछि केहीक्षण राहत भन्दै कोल्ड ड्रिङ्क लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक नहुने चिकित्सकहरू बताउँछन् । यसका अतिरिक्त मसलेदार खाना पनि राम्रो हुँदैन ।

दिनभर केही नखाएर सुख्खा भएको खाना नलीमा एक्कै पटक साह्रो खाना खाँदा समस्या हुन्छ । त्यसले खानाका नलीहरू फुट्ने सम्भावना हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?