काठमाडौँ- हिन्दू नेपाली महिलाहरूको महान पर्व तीज देशभर भव्यताका साथ मनाइएको छ । यसैबीच काठमाडौँको पशुपतिनाथ क्षेत्रमा महिलाहरूले भगवान शिवको पूजाआजा र नाचगान गर्दै तीजको उत्सव मनाएका छन् ।
पशुपतिनाथ क्षेत्रमा बाक्लो सुरक्षाको व्यवस्था गरिएको थियो भने पुरुषलाई मन्दिर परिसरमा प्रवेश गर्न रोक लगाइएको थियो । महिलाहरूले पशुपतिनाथ परिसरका विभिन्न स्थानमा नाचगान गरेर रमाएका थिए ।
आज (शुक्रवार) दिनभरजसो पशुपतिनाथ परिसरमा महिलाहरूको बाक्लो उपस्थिति थियो भने सबैजसो रातो सारीमा सजिएर मन्दिर प्रवेश गरेका थिए ।
तीजका अवसरमा आज पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका थिए । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पतिका रुपमा वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
हेर्नुहोस् तस्वीरहरू:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया