मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पलेशाका प्रशिक्षक र व्यवस्थापकलाई पनि सरकारले सम्मान गर्ने

सरकारले पेरिस पारा ओलिम्पिकमा ऐतिहासिक पदक जित्न सफल पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि सम्मान गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार रुपैयाँले सम्मान गर्ने निर्णय गरेको हो ।

पेरिसमा जारी पारा ओलम्पिकमा पलेशा गोवर्धनले तेक्वान्दोमा नेपालका लागि ऐतिहासिक काँस्य पदक जितेकी थिइन् । उनलाई पनि सरकारलेट ६५ लाख रुपैयाँ पुरस्कार दिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?