मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

श्रीलंकामा नेपाल पराजित

जोयनेपाल
1.5k
Shares
फाइल तस्वीर ।

काठमाडौँ- श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा पराजित भएको छ । यसअघिका दुबै खेल वर्षाका कारण रद्द भएपछि खेलिएको तेस्रो खेलमा नेपाल श्रीलंका डेभलपमेन्ट टिमसँग ५ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाएका थिए ।

जवाफी ब्याटिङका क्रममा २६ ओभर ५ बलमै श्रीलंकाली टोलीले १ सय ६० रनको लक्ष्य भेट्टायो । नेपालका लागि सोमपाल कामी र गुलसन झाले समान दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?