काठमाडौँँ- टिकटकमाथिको प्रतिबन्ध हटेको छ । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सूचना निकाल्दै टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । यससँगै अब नेपालमा पनि टिकटक चल्न थालेको छ ।
यसअघि सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया