मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: हरितालिका तीज

हेर्नुहोस् अजम्बरी गुञ्जिने तीजका मौलिक भाका (भिडियो)

काठमाडौँ– नेपाली हिन्दू नारीहरुको महान् चाड हो तीज । तीजमा चेलीहरु माइतीमा भेला भई मिठो परिकार खाने, रमाइलो गर्ने र नाचगान गर्ने गर्छन् । तीजमा अधिकांश महिलाहरु चुरा, पोते, सिन्दुर, श्रृंगारसहित रातो पहिरनमा सजिन्छन् । अविवाहित महिलाहरु पनि सामान्य श्रृंगारसहित रातो पहिरन लगाएर रमाइलो गर्ने गर्छन् ।

तीजमा व्रत बसेमा पतिको आयु लामो हुने विश्वास गरिन्छ । यसैगरी अविवाहित महिलाहरु व्रत बसेमा मागेको वर पाइन्छ भन्ने मान्यता छ ।

पछिल्लो समय सूचना प्रविधिको विकास भएसँगै माइती र चेलीबीच कुराकानी तथा सम्पर्क गर्न पहिलाजस्तो समस्या छैन । सूचना प्रविधिको विकास नभएको समयमा माइती र चेलीबीच भेटघाट त परको कुरा कुराकानी र सम्पर्कसमेत गर्न समस्या हुन्थ्यो । त्यसैले त्यो बेला तीजमा माइती जाने, माइतीका परिवारलाई भेट्ने, रमाइलो गर्ने, दुखसुखको कुराकानी साटासाट गर्ने गरिन्थ्यो ।

त्यसबेला महिलाहरु आफ्नो पीडाबारे खुलेर बोल्न पाउँदैनथ्ये । मनको पीडा फुकाउने साधनको रुपमा गीतलाई लिने गरिन्थ्यो । विशेष गरी तीजको गीतमार्फत आफ्नो पीडा, सासुसासुरा र विहे गरेर गएको घरमा भोग्नु परेको पीडा तथा दुखको बारेमा तीजको गीतमार्फत व्यक्त गर्ने गर्दथे ।

पछिल्लो समय सर्जकले पैसा कमाउन र भ्युज बढाउनका लागि केही उच्छृङ्खल गीत पनि बनाउँदै आएका छन् । तर त्यसबेला गाइने पुराना तीजको गीतमा महिलाले भोग्दै आएको पीडा र व्यथालाई समेटेर बनाइएको हुन्थ्यो । अधिकांश गीतमा सासुले माइत जान नदिएको, सासुले दिएको पीडा, माइतीको सम्झनालगायतको भाव झल्किन्थ्यिो ।

आउनुहोस् आज हामी यस्तै केही गीतहरुबारे जानकारी दिनेछौँ-

नभने दाइले आइन बैनी माइत

 ए आमा हो, यो तीजमा आइनँ भनेर

रुँदैरुँदै गयो मेरो भाइ त ए आमा हो…

यो गीत करिब सात वर्ष अगाडि गायिका विष्णु माझीको स्वरमा सार्वजनिक गरेको हो । सपना म्युजिक इण्डस्ट्रिज प्रालिले निर्माण गरेको यो गीतमा तीजको बेला दिदीलाई भाइ लिन गएको तर दिदी माइती जान नपाएपछि भाइ रुदै फर्केको पीडा उल्लेख छ ।

गीतको लेखन र संगीत सुन्दरमणी अधिकारीले गरेका छन् । सन् २०१७ मा सार्वजनिक भएको यो गीतलाई हालसम्म सात लाख ११ हजार भन्दा बढी हेरिएको छ । यो गीत हेरेर अहिले पनि प्रतिक्रिया जनाउँदै आएको छन् ।

तीजको रहर आयो बरीलै

गाऔँ स्वर खोलेर दिदी र बहिनी

नाचौँ न मिलेर नाम लिई सैनी

फिल्म ‘कन्यादान’ को यो गीत अहिले पनि हरेक तीजम बजाइने गरिन्छ । यो गीतमा ननाचेसम्म महिलाहरुले तीज नाचेको वा मनाएको जस्तै महसूस गर्दैनन् । अधिकांश महिलाको रोजाईमा पर्ने गर्छ यो गीत ।

यस गीतको ओरिजिनल भिडिओ युट्युबमा करिब १२ वर्ष पहिले सार्वजनिक भएको थियो । सो गीतलाई करिब ५४ हजारभन्दा बढी हेरिएको छ । यसका साथै यो गीतलाई विभिन्न युट्युबहरुमा पनि सार्वजनिक गरिएको छ ।

हाम्रा बाबाले

हाम्री आमाले दिएको दूध र भात

चरेशै थालमा खाम्ला बरीलै

गायिका हरिदेवी कोइरालाले गाएको यो तीजको गीतमा माइतीको बारेमा चर्चा गरिएको छ । गीत करिब १० वर्ष पहिले सार्वजनिक भएको हो । गीत हरिदेवी कोइरालाको अफिसियल युट्युबमा सार्वजनिक गरिएको छ ।

गीतमा हरिदेवी कोइरालाको स्वर, शब्द र संगीत रहेको छ । गीतमा आफूले भोगेको दुख र पीडालाई व्यक्त गर्नुको साथै माइती घरको बयान गरिएको छ ।

साउदी अरब जंगलमा भेडा चराउँछु

यसपालिको तीजमा मलाई कस्तो हुने हो ?

माइती जान पाउँछु की घरमै रुने हो…

यो गीतमा सासु, ससुरा, बुहारी र  छोराबीचको संवादलाई लयमा व्यक्त गरिएको छ । गीतमा बुहारीले माइती जान नपाएको, सासुले बुहारीलाई माइत नपाउने र छोराले साउदी अरबमा भोगेको कुराहरु संवाद गरेको छ । गीतमा सबै कलाकारले आफूले भोगेको समस्या र पीडाबारे व्यक्त गरिएको छ ।

गीत छ वर्ष पहिले युट्युबमा सार्वजनिक गरिएको हो । गीतलाई ४८ हजारभन्दा बढी पटक हेरिएको छ । गीत अल नेपाल म्युजिकको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

हङकङको साडीले नेपालको धुलो उडायो

 यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । गीत करिब पाँच वर्ष पहिले अम्बिका म्युजिक नेपालको अफिसियल पेजमा सार्वजनिक गरिएको छ ।

गीतलाई हालसम्म आठ लाख १७ हजारभन्दा बढी हेरिएको छ । गीतमा एक जोडीको प्रेम सम्बन्धबारे बयान गरिएको छ । तिलक ओलीको संगीत र शब्द रहेको यो गीतमा विष्णु शर्माले सम्पादन गरेका छन् । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीतमा विजय थापा र पार्वती राईको अभिनय रहेको छ ।

लरक्कै लरक्यो रातो साडी भुईँमा

वर्ष र दिनको तीजको बेला

लरक्क लरक्यो रातो साडी भुईँमा

यो गीत ११ वर्ष अगाडि म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको हो । गीतमा गायक पशुपति शर्मा र गायिका राधिका हमालको स्वर रहेको छ । गीतलाई हालसम्म २२ लाख ७२ हजारभन्दा बढी पटक हेरिएको छ ।

गीतमा पशुपति शर्माकै संगीत र शब्द रहेको छ । गीतको भिडिओलाई प्रकाश भट्टले सम्पादन गरेका छन् । यो गीतलाई अहिले पनि दर्शकले रुचाउँदै आएको छ ।

तीज आयो दिदी लिन

सन् २०११ मा यो गीत सार्वजनिक भएको हो । गीतमा गरिब माइत र धनी छोरीबीचको कुराकानी रहेको छ । गीत अनुसार माइत गरिब भएकोले छोरी तीजमा जादैनन् । हरेक वर्षको तीजमा माइतीबाट लिन गए पनि रित्तै फर्कने गर्छन् ।

गीत अहिले पनि तीजमा सुन्ने गरिन्छ । गीतलाई हालसम्म १५ लाख ८४ हजारभन्दा बढी हेरिएको छ । गीतलाई बीमा कुमारी दुरा, मन्जु गुरुङ र पुरुषोत्तम न्यौपानेको स्वर रहेको छ ।

आज मेरो माइत जाने पालो

 आज मेरो माइत जाने पालो

राम्रो देखे सपनीमा बरीलै किन होला

गीत १२ वर्ष अगाडि सार्वजनिक गरेको हो । गीतमा माइत जाने विषयबारे उल्लेख गरिएको छ । म्युजिक नेपालको अफिसियल युट्युबमा सार्वजनिक भएको यो गीतलाई हालसम्म ९ लाख तीन हजारभन्दा बढी पटक हेरिएको छ । यो गीतमा अहिले पनि दर्शकले रुचाउँदै आएका छन् ।

ओई सुन्तली

यो गीतमा महिलाहरु एक ठाउँमा भेला भएर आफ्नो श्रीमान् दिएको पीडाबारे दुखेसो पोखेका छन् । गीतमा कोहीले श्रीमान्ले जाँड खाने, कान्छी ल्याउने, रक्सी नखाने, बाहिर केटीसँग हिड्ने लगायतको कुराहरु समावेश गरिएको छ ।

करिब १२ वर्ष अगाडि सार्वजनिक भएको यो गीतलाई हालसम्म तीन लाखभन्दा बढी पटक हेरिएको छ । गीतमा गायिका जमुना सनम, कुशल बेलबासे र रीता केसीको स्वर रहेको छ । गीतमा जमुना सनमको शब्द, प्रकाश कटवालकोे संगीत रहेको छ । गीतको भिडिओलाई प्रूताप सापकोटाले सम्पादन गरेका छन् ।

१० लाली जोवन कालीले

११ वर्ष पहिलो सार्वजनिक भएको यो गीतमा छोरीको मृत्युको पीडालाई व्यक्त गरिएको छ । गीतलाई म्युजिक नेपालले अफिसियल युट्युबमा सार्वजनिक गरिएको हो । गीतलाई हालसम्म करिब ६ लाख पटकभन्दा बढी हेरिएको छ ।

गीतमा हरीदेवी कोइरालाको स्वर, संगीत र शब्द रहेको छ । गीतको भिडियोलाई प्रकाश नापितले सम्पादन गरेका हुन् । बासुदेव पोखरेलले गीतको निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?