मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘स्त्री २’ ले भारतीय बक्स अफिसमा शानदार कमाइ गर्दै, तेस्रो सातामा कति कमायो ?

काठमाडौँ- बलिउड फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा शानदार कमाइ गरिरहेको छ । रिलिजको तेस्रो सातासम्म ‘स्त्री २’ ले ५ सय २६ करोड ४३ लाख भारतीय रुपैयाँ कमाइ गरेको छ ।

फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको तेस्रो सातामा अहिलेसम्मकै सबैभन्दा बढी ७२ करोड ८३ लाख कमाएको थियो । यस अघि तेस्रो सातामा सबैभन्दा बढी कमाउने रेकर्ड बाहुबली–२ को नाममा थियो । बाहुबली–२ ले तेस्रो सातामा ६० करोड ७५ लाख कमाएको थियो ।

स्त्री–२ ले यसअघि पहिलो सातामा ३ सय ७ करोड ८० लाख र दोस्रो सातामा १ सय ४५ करोड ८० लाख भारु कमाएको थियो ।

करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

अमर कौशिकले निर्देशन गरेको यो फिल्ममा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?