मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्मी क्षेत्रमा बुबा नै मेरो गुरू हो, कसैसँग प्रतिस्पर्धा छैन: समीर भट्ट

काठमाडौँ– नेपाली फिल्म उद्योगमा विराज भट्टले छुट्टै पहिचान बनाएका छन् । एक जमाना थियो, पोस्टरमा विराज भट्टको तस्वीर छापियो भने त्यो फिल्म स्वभाविक हिट हुन्थ्यो । पछिल्लो समय भने उनले फिल्ममा खासै कमाल देखाउन सकेका छैनन् ।

भोजपुरी फिल्म उद्योगमा पनि राज गरेका विराजले पछिल्लो समय नेपाली फिल्ममा आफ्नो व्यस्तता बढाएका छन् । उनको कमब्याक भनिएको फिल्म ‘साङ्लो’ ले खासै कमाल गर्न नसके पनि उनी फिल्म निर्माणमा लागिपरेका छन् ।

यतिबेला विराजले आफ्ना छोरा समीर भट्टलाई लिएर फिल्म निर्माण गर्दैछन् । यो फिल्ममा विराजका छोरा समीर भट्टले डेब्यु गर्दैछन् । विराजको निर्देशन रहने फिल्म ‘१२ गाउँ’ रिलिज नहुँदै उनको समीरले चर्चा कमाएका छन् ।

यो फिल्म दशैँको अवसर पारेर असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी बाबु विराज भट्टसँगै पर्दामा देखिँदैछन् ।

आफ्नो फिल्मी यात्राबारे हालै समीरले एक पडकास्टमा अन्तर्वार्ता दिएका छन् । उक्त अन्तर्वार्ताका क्रममा समीरले बाबु विराज नै आफ्नो गुरू भएको बताएका छन् । कुराकानीका क्रममा समीरले बाबुको बाटो पछ्याउन चाहेको समेत बताएका छन् । उनले भनेका छन्, ‘मेरो बुवा नै मेरा गुरू हुनुहुन्छ । उहाँको बाटो मैले फलो गर्नेछु ।’

बाबुले आजसम्म आफ्ना लागि लगानी गरेको भन्दै अब नेपाली फिल्मका लागि केही गर्ने आफ्नो चाहना रहेको उनले बताएका छन् ।

कुराकानीका क्रममा उनले सिनेमा क्षेत्रमा आफ्नो प्रतिस्पर्धा कसैसँग पनि नभएको स्पष्ट पारेका छन् । उनले आफूलाई प्रमाणित गर्न चाहेको तर कसैसँग कुनै प्रतिस्पर्धा नचाहेको उनको भनाइ छ ।

साथै उनले आफूलाई बुबा (विराज भट्ट) लाई नजिकबाट देखेको र अहिले फिल्ममा आए पनि यसका लागि लामो समय मेहनत गरेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?