मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकी राष्ट्रपतिमा पुटिनको समर्थन कसलाई ?

काठमाडौँ- अमेरिकामा आउँदो नोभेम्बर महिनामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प मैदानमा छन् ।

त्यस चुनावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसलाई समर्थन गर्लान् ? पुटिनले यसको जवाफ दिएका छन् । पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गर्ने खुलाएका छन् ।

पुटिनले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा रुसमाथि थप प्रतिबन्ध लाग्ने बताएका छन् । उनीअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसमाथि यति धेरै प्रतिबन्ध लगाएका थिएनन् ।

रुसको भ्लादिभोस्तोक शहरमा आयोजित इस्टर्न इकोनोमिक फोरममा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रुपमा कसलाई रुचाउनुहुन्छ ? भनेर सोधिएको थियो ।

जवाफमा पुटिनले भने, ‘यदि तपाईंले मलाई पहिले सोध्नुभएको भए म राष्ट्रपति बाइडेनको नाम लिने थिएँ । तर अहिले उनी पछि हटेका छन् । उनले कमला ह्यारिसलाई समर्थन गरेका छन्, त्यसैले म पनि त्यही गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?