मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पोस्टरमा यस्तो देखियो प्रकाश सपुतको फिल्म ‘वसन्त’

काठमाडौँ – प्रकाश सपुतले निर्देशन गर्न लागेको फिल्म ‘वसन्त’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । 

हरितालिका तीजको अवसरमा निर्माता कम्पनी गलबन्दी प्रोडक्सनले शुक्रबार पोस्टर ल्याएको हो । 

जसमा  फिल्मका प्रमुख पाँच कलाकारको चरित्र चित्रण छ । विद्यार्थीको पोसाक पहिरिएका पात्र कापी–कलम च्याप्दै विद्यालयतिर दौडिएको देख्न सकिन्छ ।

कलाकारलाई उनीहरूको क्यारेक्टरमा प्रस्तुत गरिएको यो पोस्टरले कुनै ग्रामीण भेगका युवाको स्कुले जीवनको कथा समेत समेट्ने अनुमान गर्न सकिन्छ । 

पोस्टरमा कलाकार र उनीहरुले निर्वाह गर्ने चरित्रबारे पनि उल्लेख छ । जसमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्गबहादुर पुनको सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ ।

यसअघि नै सार्वजनिक भएको टिजर अनुसार फिल्मको कथावस्तुको सेटिङ बागलुङको ग्रामीण क्षेत्रको हो । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र यो लक्ष्य हासिल गर्न उसले हासिल गर्ने संघर्ष यसको कथा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?