काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाका सौतेनी दाजु इबोङ्गो मलिक ओबामाले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन् । मलिक ओबामाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन्– ‘म मलिक ओबामा हुँ, म रिपब्लिकन पार्टीको एक जना पञ्जीकृत मतदाता हुँ र म डोनाल्ड ट्रम्पलाई भोट दिनेछु । ट्रम्प हृदयदेखि बोल्छन् ।’
मलिक ओबामाले जो बाइडेन र हिलारी क्लिन्टनिवरुद्ध पनि डोनाल्ड ट्रम्पलाई नै समर्थन गरेका थिए ।
मलिक ओबामाले पूर्व राष्ट्रपति र उनका भाइ बराक ओबामाको आलोचना गर्दै स्वार्थी भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया