मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आफूखुसी महसुल नलिन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको महसुल स्वीकृत गराएर मात्र लागु गर्न निर्देशन दिएको छ । 

केही इन्टरनेट सेवा प्रदायकले स्वीकृत नगराई आफूखुसी महसुल दर लागु गरेपछि प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको हो । 

प्राधिकरणबाट महसुल दर स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरे पश्चात् मात्र इन्टरनेट सेवाको महसुल दर लागू गर्न सम्बन्धित सेवा प्रदायकहरूलाई प्राधिकरणले निर्देशन दिएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क/महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको सर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?