मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अँगालोले कम गर्छ तनाव

यदि कसैले अप्ठ्यारो अवस्थामा अँगालो हाल्यो भने तनाव कम महसुस हुन्छ। अनुसन्धानले  पुरुषको  तुलनामा महिलामा बढी प्रभावकारी हुने देखाएको छ। अमेरिकामा गरिएको अनुसन्धानमा महिलाले कसैलाई अँगालो हाल्दा उक्त व्यक्तिमा कोर्टिसोल नामक तनाव हर्मोनको उत्पादन कम हुने कुरा पत्ता लागेको थियो।

यो अनुसन्धान अमेरिकाको एरिजोना विश्वविद्यालयमा गरिएको हो। अनुसन्धानका अनुसार कोर्टिसोलले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ। जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ। जब मानिसले मायाले अँगालो हाल्छ, तब अक्सिटोसिन नामक हर्मोन उत्पादन हुन्छ। यसले कोर्टिसोलको प्रभावलाई कम गर्छ।

स्मरणशक्तिको लागि तनाव कम गर्नु महत्त्वपूर्ण
अनुसन्धानका अनुसार, नकारात्मक घटनापछि कसैलाई अँगालो हाल्दा मानिसलाई राम्रो महसुस हुन्छ। अनुसन्धानका अनुसार अनुसार कोर्टिसोलले स्मरणशक्तिमा प्रभाव पार्न सक्छ, जसले तनावपूर्ण कार्यलाई अझ गाह्रो बनाउन सक्छ। जब कुनै व्यक्तिले मायाले अँगालो हाल्छ, तब अक्सिटोसिन नामक हर्मोन उत्पादन हुन्छ।

किन पुरुषको अंगालोले कोर्टिसोल कम गर्दैन ?
अनुसन्धानका अनुसार, धेरै पुरुषहरूले अँगालो हाल्नु राम्रो महसुस गर्दैन। किनभने यसलाई सामाजिक रूपमा अप्ठ्यारो मानिन्छ। अर्को कारण एक महिला र एक पुरुष बीचको स्पर्श पनि हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?