मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दर्भ: हरितालिका तीज

तीजमा गुञ्जिने भाका

काठमाडौँ– हिजो यातायातको साधन नहुँदा विवाहपछि चेलीहरु वर्ष दिनमा मात्र माइती जान पाउँथे । वर्षभरी भोगेका पीडा र दुःखहरुलाई उनीहरु गीतैमार्फत माइतीदेशलाई सुनाउँथे ।

माइती जानै नपाएपनि गीतको भावहरुमा उनीहरुको दुःख कस्टहरु झल्कन्थे । आम सञ्चारका साधनहरु नहुँदा श्रीमान्, सासु र घरपरिवारले दिएको प्रताडना उनीहरुको गीति सिर्जनाले दिन्थे ।

अब अहिले हिजोको जस्तो समय रहेन । महिलाहरू सक्षम, शिक्षित र आत्मनिर्भर बन्दै गएका छन् । प्रविधिको माध्यममा उनीहरुले आफ्नो कुरा जुनसुकै समयमा पनि माइतीलाई सुनाउन सक्छन् । यद्यपि महिलाका पीडा र प्रताडना भने हुँदै नभएको होइन भन्ने पछिल्ला समय सार्वजनिक भएका गीतहरु देखिन्छन् र सुनिन्छन् ।

ती गीतका शब्द र भिडियो सुन्दा अझै पनि महिलाका कथाव्यथाहरु यथावत छन् भन्ने हुन्छ । नारीको दुःख र पीडाभाव व्यक्त गर्ने गीतहरुलाई तीजको मौलिक सिर्जनाको मान्यता दिँदै आएको पाइन्छ । सासु र पतिले दिएको पीडा, यातना र दुःखका भावहरु गीतहरुमा अझै आइ नै रहेका छन् ।

पछिल्लो वर्ष तीजमा गरिने रौनकसँगै तीजका विरही भाकाहरु पनि सार्वजनिक भइरहेका छन् । तीजका ठट्यौली गीतहरुमा भन्दा विरहका गीतहरुलाई निकै रुचाइएको पनि छ । तीजमा आउने विरह भाका र भिडियोमा महिलाकै रोदनहरु छन् ।

नारीले पाएको दुखान्त कथा व्यथा तीज गीतमा छाएपछि बल्ल आम मानिसहरुले तीजपर्व आएको महसूस गरेका छन् । तिनै विरही भाकाहरुबारे हामीले चर्चा गरेका छौँ ।

आइनँ आमा यो तीजमा

तीजकै अवसरमा सार्वजनिक भएको विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत झण्डै दुई हप्ताअघि सार्वजनिक गरिएको हो । सुन्दरमणि अधिकारीको रचना तथा सङ्गीत रहेको गीतमा गायिका माझीको स्वर समावेश छ ।

तीज पर्वमा माइती जान नपाएकी चेलीले आफ्नो बह र विरहको गाथा गीतैमार्फत पोखेकी छिन् । यो समाचार तयार पार्दासम्म १२ मिलियन भ्युज बटुलेको गीतको भिडियोमा ललिता पौडेल लगायत कलाकारहरुले अभिनय गरेका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोको निर्देशन अधिकारीले नै गरेका छन् ।

पाउँदिनँ म छोरी

दुई हप्तादेखि सार्वजनिक गरिएको ‘पाउँदिन म छोरी’ बोलको गीतमा छोरीको पीडा र वेदना समेटिएको छ । छोरी भएर जन्म लिएपछि पराईघरमा छोरीले पाएको दुःखको चित्रण गीतमा गरिएको छ । ‘छोरी बुहारी होइन, उहारी’ भन्दै छोरी नपाउने वाचा महिलाले गीतैमार्फत गरेकी छिन् ।

भागीरथ चलाउने र सुनिता बुढामगर क्षेत्रीको स्वर रहेको गीतमा शब्द रचना तथा सङ्गीत चलाउनेकै छ । लोमश शर्माको निर्देशन रहेको भिडियोमा स्मारिका ढकाल, अर्जुन न्यौपाने लगायतका कलालाकारहरुको अभिनय रहेको छ ।

काली पसम् कि

तीजलाई नै मध्यनजर गर्दै एक महिना अघि सार्वजनिक गरिएको ‘काली पसम कि’ बोलको गीतमा पनि महिलाका वेदना र विरहलाई नै प्रस्तुत गरिएको छ ।

विवाहपछि पराइ घर गएकी चेलीले कसरी पीडा सहन नसकेर ज्यानकै आहुति दिनुपर्छ भन्ने पीडा गीतमा समेटिएको छ । शान्ति श्री परियारको स्वर रहेको गीतमा शब्द रचना तथा सङ्गीत प्रेम सापकोटा ‘सोलु’को रहेको छ ।

पारिवारिक वेदना

सन्तोष केसीको ‘पारिवारिक वेदना’ गीतमा घरभित्र महिलाहरुबिच नै हुने कलहले निम्ताएको पीडा र वेदनाले समेटिएको छ । यसमा सौताहरुबिचको लगाइँझगडालाई सुन्न र देख्न सकिन्छ । गीतमा शिवहरि पौडेल, सविता गुरुङ, अन्जु महर्जन र रमेश केसीको अभिनय देख्न सकिन्छ ।

मै छोरीलाई गाह्रो भो

सुवास रेग्मीको ‘मै छोरीलाई गाह्रो भो’ गीतमा तीज पर्वमा माइती जान नपाएकी चेलीको वेदना समेटिएको छ । विवाहपछि पराई घरमा छोरीले भोगेको दुःखको भाव नै गीतमा छ । सीमा नेपालीको स्वर रहेको गीतमा अर्जुन सुवेदीको शब्द र खेम पुनको सङ्गीत रहेको छ । स्मृति तिमिल्सिनाको निर्देशन रहेको भिडियोमा निहारिका थापा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?