मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राइडे रिलिज

आजबाट प्रदर्शनमा आए ‘रावायण’ र ‘देवी’, उठाउलान् तीज विदाको फाइदा ?

काठमाडौँ – हरितालिका तीजको अवसर पारेर आजबाट दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सुदर्शन थापा निर्देशित ‘रावायण’ र संजोग राईको निर्देशन रहेको ‘देवी’ आज रिलिज भएका हुन्। 

‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय छ । क्राइम थ्रिलर जानरामा निर्माण भएको यो फिल्मको कथा निर्देशक सञ्जोग राई र अजय गौतमले लेखेका हुन् ।

यसले बलात्कार र महिला हिंसाविरुद्धको आवाज उठाएको छ । प्रिमियर शोमा पाएको राम्रो प्रतिक्रिया र तीज विदाको फाइदा सिनेमा उठाउने विश्वास निर्माण टिमलाई छ ।

यो फिल्मले देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्समा काठमाडौँ र मोफसल गरी १९ शोज पाएको छ । यस्तै, आईएनआई चेनमा ३ शो, वान सिनेमाज्मा २ शो, बिग मूभिजमा ३ शो, बिएसआरमा १ शो, एफक्युब सिनेमाज्मा १ शो पाएको छ ।

यता ‘रावायण’मा पल शाह र पूजा शर्मा शीर्ष भूमिकामा छन्। साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायत कलाकारहरूको पनि अभिनय छ। निर्देशक थापाको कथा रहेको फिल्ममा शिवम् अधिकारीको लेखन, श्री श्रेष्ठको द्वन्द्व छ। 

एक्सन प्रधान फिल्म ‘रावायण’ले तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई कथाको मियो बनाएको छ । यो फिल्मले पनि राम्रो शो पाएको छ ।

तर विजय थलापति स्टारर दक्षिण भारतीय फिल्म ‘द ग्रेटेस्ट अफ अलटाइम’ पनि विहिबारदेखि नेपाली हलमा रिलिज भएको छ । 

यो फिल्मप्रति घरेलु दर्शकको आकर्षण देखिँदा दुई नेपाली फिल्मले हलमा आफ्नो पकड कस्तो बनाउँछन् त्यो भने  ‘वर्ड अफ माउथ’मा निर्भर रहने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?