मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राति किन रुन्छन् बच्चा ?

सामान्यतया नवजात शिशुहरू भोक लाग्दा, वातावरणीय कारण, दिसा–पिसाब लाग्दा, सङ्क्रमण, एलर्जी र जन्मजात रोग लगायतका कारण बढी रुने कराउने गर्दछन् । 

अर्थात् बोली नफुटेका बच्चाहरू आफ्ना पीडा रुवाइबाट व्यक्त गर्छन् । तर, बच्चा रुनुलाई प्रायः अभिभावकले सामान्य रूपमा लिने गरेको देखिन्छ । बच्चाहरू त्यसै रुँदैनन् । बच्चा रुनुको पछाडि धेरै कारण हुन्छन्।

यदि समयमै अभिभावकले ध्यान दिन सकेनन् भने बच्चाहरूको ज्यानै जोखिममा पर्न सक्छ । आफ्नो समस्या बताउन नसक्ने भएकाले बच्चा रोयो भने उसमा केही समस्या छ भन्ने कुरा अभिभावकले बुझ्न जरुरी समेत छ ।

तर यहाँ भने हामी बच्चा रातीमा रुनुका कारण बारे जानकारी  दिँदै छौँ । 

– बच्चाले सानैदेखि सपना देख्ने गर्छन् । यही क्रममा कहिलेकाहीँ डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात् ब्युँझिन्छन् र रुन थाल्छन् ।

– बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्छन् । कहिलेकाहीँ बीच–बीचमा असहज अनुभूति गर्छन् । यसको प्रभाव स्वरूप राति भएपछि रुन थाल्छन् ।

– दिनको समयमा बच्चा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अँध्यारोदेखि डराएर एक्लो महसुस गर्छन् ।

– बच्चाको आसपासको तापक्रम घटबढ ९जाडो या गर्मी० हुँदा निद्राबाट ब्युँझिएर बच्चा रुन थाल्छन् ।

– बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा ओछ्यान चिसो हुन्छ । चिसो भएपछि पनि बच्चा रुन थाल्दछ ।

– साथै, सुत्ने ठाउँ आरामदायी नहुँदा पनि उनीहरू रुन्छन् ।
– कतिपय नवजात शिशुमा हाच्छ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासि अर्धहोस भएर रुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?