मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीजमा पशुपतिनाथ जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी कुरा 

काठमाडौँ – आज हरितालिका तीज । यो पर्वमा भगवान शिवको उपासना हुने हुनाले देशैभरका शिवालयहरूमा श्रद्धालु दर्शनार्थीहरुको भीड लाग्ने गर्छ । 

पशुपतिनाथ मन्दिरमा पनि आज बिहानैदेखि  भक्तजनको भीड लागेको छ भने बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् ।

त्यस्तै पशुपतिनाथको मन्दिर श्रीयन्त्र पूजा र महाभोग गोप्य पूजाको बेलामा समेत सकेसम्म जाली राखी बाहिरबाट दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाइएको छ।

दर्शन गरेर फर्कँदा पशुपति मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि भगवान श्रीपशुपतिनाथको चन्दन पश्चिमहाका बाहिर सानो सदावतं सत्तल अगाडी साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयबागेश्वरीमा चन्दन वितरणको व्यवस्था मिलाइएको छ । 

पर्यटक प्रवेश शुल्क तिरेर टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण बाहेक) अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइएको छ भने  चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिइरहेका छन् । 

दर्शनार्थीहरूको सुविधाका गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर जुत्ता चप्पलकक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ ।

त्यस्तै मित्रपार्क, जयबागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले जानकारी दिए।

पिङ्गलास्थानबाट बनकाली, चार शिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाइनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिणढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

तिलगंगा राममन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पल सरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ।

त्यस्तै  बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश भएको छ भने वृद्धवृद्धा एवम् बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रूपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि पशुपति क्षेत्रमा समस्या हुने गरेको भन्दै यसमा कडाइ गरिएको छ । 

कोषले विगत वर्षदेखि गर्भगृहको तस्वीर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्वीर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्वीर खिचेमा रु पाँच सय जरिवाना गर्न शुरु गरेको छ । 

पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्वीर खिचे–नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेका कोषाध्यक्ष सुवेदीलेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?