मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बागमतीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – अहिले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

यसैको प्रभाव आज दिउँसो  देशभर आंशिक देखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ । 

देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

त्यस्तै राती पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ। पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । 

बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहँदा बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?