मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कति छ शुक्रबार, विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – आज २०८१ साल भदौ २१ गते शुक्रबार सन् २०२४ सेप्टेम्बर ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा रहेको छ। 

त्यसैगरी यूरो एकको  खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ। 

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा निर्धारण हुँदा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ भने मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा कायम भएको छ ।  

त्यस्तै कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ १३ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ १० पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २९ पैसा कायम भएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?