मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय महिला तथा पुरुष भलिबल : एपिएफका दुवै टोली फाइनलमा

कास्की – पोखराको लामाचौरमा जारी ‘लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को फाइनलमा महिलातर्फ एपिएफ र न्यू डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका छन् ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगितामा एपिएफको दुवै टिम फाइनल पुगेको हो । यही भदौ २१ गते हुने फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लबको सामना गर्ने भएको हो ।

महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा आज न्यू डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५–२३ र तेस्रो सेट समेत २५–२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।

डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराएको थियो । ‘राउन्ड रोविन लिग’ को आधारमा भएको खेलमा कूल चार टिमको सहभागिता रहेको थियो । हारपश्चात एपिएफ दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ । एपिएफको तीन खेलबाट छ अङ्क रह्यो । एपिएफले लिग चरणमा एभरेष्टलाई ३–० को सोझो सेट र गण्डकीलाई ३–१ को सेटमा हराएको थियो ।

यसैगरी पुरुषतर्फ नेपाल पुलिस एक खेल अगावै फाइनल प्रवेश गरे पनि अन्य टिमको टुङ्गो भने बिहीबारमात्रै लाग्यो । बुधबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहानमात्रै खेल भएको थियो । उक्त खेलमा एपिएफले गण्डकीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

एपिएफले गण्डकीमाथि २५–१८, २५–२३ र २५–१६ को हार व्यहोरेको हो । एपिएफको दुई खेलबाट छ अङ्क भएको छ । यता पुलिसको पनि छ अङ्कनै छ । दुवै टोलीको ६–६ अङ्क रहेपनि शीर्षको होडमा लिगचरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ । पुलिस र एपिएफले १–१ सेट जिते । पहिलो सेट पुलिसले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस १९–२५ ले पछि प¥यो ।

प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३–२ को सेटमा हरायो । पहिलो सेट २५–२२ ले जितेको गण्डकीले दोस्रो सेट २१–२५ ले गुमायो । तेस्रो सेट २५–१७ जितेपनि पुनः चौथो सेटमा २४–२६ को हार व्यहोर्यो । अन्तिम तथा फाइनल सेटमा १५–१३ को जित निकाल्न सफल भएको हो । यससँगै गण्डकीको तीन खेलबाट खेलबाट दुई अङ्क रहँदा गलकोटको एक अङ्क रहेको छ ।

प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवआदर्श विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?