काठमाडौँ – अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तिब्र गतिमा जारी रहेको छ । यसैबीच रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहेकी कमला ह्यारिसबीच टेलिभिजन बहस हुने भएको छ ।
यी दुईबीच सेप्टेम्बर १० मा बहस हुने भएको हो । यस अघि ट्रम्प र बाइडेनबीच पहिलो बहस गत जुन २७ मा भएको थियो । सो बहसमा बाइडेनको कम्जोर प्रदर्शनपछि उनले उम्मेदवारी नै छोड्नु परेको थियो ।
यसैबीच ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी ह्यारिसलाई बिना कुनै अवरोध बोल्न दिने योजना बनाएको बताएका छन् । यो बहस पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर फिलाडेल्फियामा हुने भएको छ ।
उता ह्यारिसले पनि आफु ट्रम्पसँगको बहसका लागि तयार रहेको बताएकी छन् । पछिल्ला पोलले ट्रम्पलाई ह्यारिसले उछिनेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया