मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिस प्लानेट २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै अनिसा

काठमाडौँ –  ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् ।

कम्बोडियामा नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा जाँदै छिन् । 

‘मिस प्लानेट’को यो वर्षको थिम ‘दिगो विकाससँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ । प्रतियोगितामा उनलाई नेक्स्ट मोडल्स नेपालले पठाउन लागेको हो । 

प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाउने सोचमा छिन् । कम्बोडियामा बौद्ध धर्मावलम्बी धेरै हुने भएकोले उनले यो सोच बनाएकी हुन् ।

वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स हुन् । उनी केही अगाडि काठमाडौँमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर पप विजेता हुन् ।

‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गरेकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?