मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टी-२० क्रिकेटमा मंगोलियाको कीर्तिमान, १० रनमै अलआउट

काठमाडौँ – मंगोलिया आईसीसी टी-२० विश्वकप को एसिया क्वालिफायर अन्तर्गतको खेलमा केवल १० रनमा अल आउट भएको छ ।

 बिहीबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएर अल आउट भएको थियो ।

मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भएका थिए भने २ जनाले २-२ रन बनाएका थिए । अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाएका थिए । 

मंगोलियाको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिएका थिए । त्यस्तै ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन नै बनाएको थियो ।

टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिंगमा मंगोलियाले तीन पटक कम टोटल बनाएको छ । जुन यसै वर्ष बनाएको हो । मंगोलियाले यस अघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?