मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तीजमा मेकअप कसरी गर्ने ?

तीज महिलाको लागि महत्वपूर्ण चाड हो । यस दिन महिलाहरु आफ्नो श्रीमानको दीर्घायु र सुखी दाम्पत्य जीवनको कामना गर्दै व्रत बस्ने गर्छन् । तीजमा श्रृंगारले सजिएर सुन्दर हुने चाहना सबै महिलाको हुन्छ । 

तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ । तीजमा बढी नाचगान गरिने भएकाले पसिना पनि बढी आउँछ जसले गर्दा मेकअप पखालिने डर हुन्छ । 

यसका लागि सर्वप्रथम आफ्नो छाला सुहाउँदो क्रिम, प्राइमर अनुहार, घाँटी तथा कानमा राम्रोसँग लगाउनुपर्छ जसले मेकअपलाई लामो समयसम्म टिकाएर राख्छ ।
कसरी गर्ने मेकअप ?

केवल अनुहारमा क्रिम पाउडर लगाउँदैमा मेकअप हुँदैन । मेकअप यस्तो हुनुपर्छ जसले लुकेको सुन्दरता बाहिर नजर आओस् । यदि अनुहारको सेप, छालाको रङ्ग र आफ्नो पर्सनालिटी अनुसार मेकअप भएन भने कुरूप हुन बेर लाग्दैन । मेकअप गर्दा थोरै मात्र ध्यान दिएमा आफ्नो सुन्दरतामा थप निखार ल्याउन सकिन्छ ।

मेकअपको सामग्री प्रयोग गर्नुभन्दा अगाडि अनुहार सफा अर्थात् क्लिन्जिङ गर्नुपर्छ । केही समयपछि अनुहारमा टोनर र मोस्चराइजर लगाउनुपर्छ । छालालाई मेकअपका प्रशाधनले असर नपुर्‍याओस् भन्न मेकअपअगाडि अनिवार्य मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

  त्यसलगत्तै साडी र गहनासँग मिल्ने मेकअप गर्नुपरेमा सनस्क्रिन लगाइसकेपछि प्राइमर लगाउनुपर्छ । त्यसपछि आँखाको मेकअप गर्न सकिन्छ । आई ब्रो मिलाउन आई ब्रो पाउडर लगाउने र आइमेकअप गनुपर्छ । 

आई ब्रो पाउडर लगाइसकेपछि हलुका हाइलाइट गर्न सकिन्छ । आइस्याडो हलुका हुनुपर्छ ।

अनुहारमा फाउन्डेसन लगाउने र यसलाई बेलेन्ड गर्नुपर्छ । त्यसपछि मेकअपअनुसार लुज वा कम्प्याक्ट पाउडर प्रयोग गर्न सकिन्छ । ब्ल्सर गालामा र नाकमा हाइलाइट गर्न सकिन्छ ।

कस्तो कपाल बनाउने ?

तीजमा मेअपको साथ साथै हेयरको डिजाइन लाइ पनि ध्यान दिनु पर्दछ । यदि फुल मेकअप गरेकाछौं र मेकअप लाई लामो समय टिकाउनु छ भने कपाललाई खुल्ला छोडेर बनाएको डिजाइनले केही समय राम्रो देखिएता पनि नाच गानका साथै गर्मी मौसम भएको कारणले छोडेको कपालमा धेरै पसिना आएर मेकअप लाई समेत असर गर्दछ ।

त्यसैले यस कुरालाई ध्यानमा राखेर कपालको डिजाइन दिदा धागोले वाटेर डिजाइन दिने छोटो कपालछ भने त्यसलाइ पनि त्यसै अनुरुप काटाको सहायताले घाटी खुल्ला हुने गरेर जुरो बनाउने यसरी बाटेका कपाल र जुरो बनाएको कपालमा डेकुरेसन फल्लाओर वा चन्द्र बिन्दु लगाउँदा राम्रो देखिने र लामो समय सम्म नाच गान गर्दा समेत कपालले हामीलाई केही असर गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?