मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दरमा कस्तो खानेकुरा खाने ?

नेपाली हिन्दु नारीहरूको महान् चाड तीज अन्तर्गत आज दर खाने दिन । तीजको पहिलो दिन विवाहित महिलाले माइती पुगेर दर खाने चलन छ ।

सामान्यतया तीजको दिन व्रत हुने भएकोले अघिल्लो दिन राति दर खाने प्रचलन छ । तर खाने नाममा केही अस्वस्थ्यकर खानु हुँदैन । अन्यथा बिरामी पर्न सकिन्छ । त्यसो भए दरमा के खाने, के नखाने त ?

– दर भन्ने बित्तिकै दैनिक भन्दा बढी नै खाइन्छ । तर मात्रा नमिलाई धेरै खाँदा शरीरले पचाउन सक्दैन । त्यसैले शरीरलाई चाहिने मात्र खानुपर्छ ।

– दर खान बनाइने परिकारहरूमा धेरै चिल्लो हाल्नु हुँदैन । चिल्लो पदार्थमा  कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ, जसले शरीरलाई हानी गर्दछ ।

– दरमा खीर, अचार, विभिन्न किसिमका तरकारीहरूको परिकार, सलाद र मासुको पनि प्रयोग गरिन्छ । धेरै किसिमका परिकार बनाउँदा स्वास्थ्यलाई फाइदा हुने गरी बनाउनु पर्छ ।

– दरको परिकारमा अन्य खानेकुरा भन्दा सलादको मात्रा धेरै हुनुपर्छ ।

– सामूहिक रूपमा खाने दरमा ‘फुड पोइजन’ हुने सम्भावना हुन्छ । त्यसैले सकेसम्म घरमै सीमित व्यक्तिले बनाएको दर खाँदा राम्रो हुन्छ ।

– कतिपय महिलाले दरका नाममा रक्सी (अल्कोहल) खाने गर्दछन् । तर अल्कोहल पिउँदा शरीरलाई फाइदा गर्दैन र, दुर्घटनामा समेत पर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?