मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पिस्ताका यति धेरै फाइदा

– पिस्ता खानाले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा घट्छ र राम्रो कोलेस्ट्रोलको मात्रा बढ्छ । त्यही भएर पिस्ता खानेलाई मुटुसम्बन्धी रोग लाग्ने जोखिम कम हुन्छ । 

– पिस्तामा फस्फोरस पाइन्छ, जसले डायबिटिजलाई नियन्त्रित अवस्थामा राख्छ । 

– पिस्तामा सोडियमको मात्रा कम र पोटासियमको मात्रा अधिक हुने भएकाले रक्तचापलाई सन्तुलनमा राख्न यसले मद्दत गर्छ । तर, पिस्तामा नुनिलो पदार्थ पाइने भएकाले उच्च रक्तचाप भएकाहरूले कम खानुपर्छ ।  

– पिस्तामा पाइने ल्युटिन र जाक्सान्थिन नामक एन्टिअक्सिडेन्टले आँखाको क्षमता बढाउँछ । 

– पिस्तामा प्रशस्त मात्रामा भिटामिन–बी ६ पाइन्छ, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछ । –पिस्ता खानाले पाचन शक्ति बलियो हुन्छ । 

– शरीर सुनिने समस्या छ भने पिस्ता खानाले कम हुन्छ । यसमा पाइने भिटामिन ए र ईले शरीर सुनिन दिँदैन । 

– छालालाई स्वस्थ राख्न पिस्ता खानुपर्छ । यसमा पाइने भिटामिन–ई छालाको स्वास्थ्यका लागि लाभदायक हुन्छ । 

– पिस्तामा पाइने फ्याटी एसिडले कपाल बलियो बनाउँछ र कपालसम्बन्धी सबै खाले समस्या कम गर्न मद्दत गर्छ । 

– पिस्तामा फाइबर प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा यो खानाले शरीर बढ्दैन । फाइबरयुक्त खाद्य डायबिटिजका रोगीका निम्ति निकै लाभदायक हुन्छ । 

– पिस्ता प्रोटिनको उत्तम स्रोत हो । हाडे बदम, काजु, ओखरभन्दा यसमा बढी प्रोटिन पाइन्छ ।

– पिस्ता खाँदा यसमा पाइने क्यारेटोनइड्स, बीटा–क्यारोटिन, ल्युटेनजस्ता एन्टिअक्सिडेन्ट तŒवले क्यान्सर लाग्ने जोखिम कम गरिदिन्छ । 

– पिस्तामा पाइने भिटामिन–बी ६ ले शरीरको समग्र स्नायु प्रणालीलाई स्वस्थ अवस्थामा राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?