मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुसमाथि अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप, नयाँ प्रतिबन्धको घोषणा

काठमाडौँ– अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ र रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले रुसले राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न ठूलो मात्रामा अभियान चलाएको आरोप लगाएको छ । महान्यायाधिवक्ता मेरिक गारल्याण्डले रूसी राज्य मिडिया आरटीले टेनेसी फर्मलाई ‘अमेरिकी दर्शकहरूलाई लुकेका रूसी सन्देशहरू उत्पादन गर्न र डेलिभर गर्न’ १० मिलियन डलर तिरेको आरोप लगाएक छन् । 

प्रतिबन्ध लगाइएका १० जनामध्ये आरटी प्रमुख मार्गरिटा सिमोनियनको नाम पनि प्रमुख छ । मस्को डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीचको चुनावमा रुसले आफ्नो नतिजा चाहेको अमेरिकाले आरोप लगाएका छन् ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसको परियोजना युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनलाई कमजोर पार्ने, रुस समर्थक नीति र हितलाई अगाडि बढाउने र संयुक्त राज्य अमेरिकाका मतदाताहरूलाई प्रभाव पार्ने भएको बताए ।

अमेरिकी अधिकारीहरूले भने कि आरटी र अन्य रूसी राज्य मिडियाले गुप्त रूपमा अमेरिकी प्रभावकारीहरूलाई उनीहरूको गलत कामलाई समर्थन गर्न भर्ती गर्ने अभियान सञ्चालन गरेको छ । 

बाइडेन प्रशासनले आरटीका दुई जना प्रबन्धकलाई अमेरिकी भूमिमा रुस समर्थक प्रचार प्रसार गर्न आर्थिक सहयोग गरेको आरोप लगाएको छ । 

आरटीका सम्पादक सिमोन्यानसहित दुई संस्था र १० जनामाथि प्रतिबन्ध लगाइएको छ । रूसको राज्य मिडियासँग सम्बन्धित कर्मचारीहरूको लागि भिसामा प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जालमा अमेरिकी जनतामाझ प्रचार फैलाउने ए आई उत्पन्न झुटो खबर फैलाउने ३२ इन्टरनेट डोमेनहरू बन्फ़ गरिएको छ । साथै अमेरिकाले रुसी समूहसँग सम्बद्ध ह्याकरहरूको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कारको घोषणा गरेको छ ।

सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पनि रुसले हस्तक्षेप गरेको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?