मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुटुको धड्कन किन अचानक बढ्छ ?

सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०–९० प्रति मिनेट हुन्छ । यदि हार्ट रेट बढेर १०० बिट्स प्रति मिनेटभन्दा बढी भएमा त्यसलाई सामान्य मान्न सकिदैन ।

यदि हामी मुटुका रोगी छौ भने मुटुको विद्युतिय प्रणाली प्रभावित हुन्छ र धड्कन तीव्र हुन्छ । यदि सामान्य अवस्थाका व्यक्ति छौं भने विद्युतिय संकेतमा खराबी भएर टेककार्डियाको समस्या भएको हुनसक्छ ।

जुन  मुटु सम्बन्धित एक समस्या हो । टेककार्डिया, शरीरको सामान्य प्रतिक्रियाको हिस्सा हुनसक्छ । अक्सर चिन्ता, ज्वरो वा रक्तश्राव आदिको अवस्थामा मुटुको गति बढ्छ । 

अन्य अवस्थामा मुटुको चाल तीव्र भयो भने त्यसले थाइराइड वा हाइपरथाइराइडिज्मको सङ्केत गर्छ । कहिलेकाहीँ निमोनिया हुँदा सास फेर्न समस्या हुन्छ, त्यसबेला पनि मुटुको चाल तीव्र हुन्छ।

रोगको लक्षण

टेककार्डिया साइनस र नन साइनस दुई प्रकारको हुन्छ । साइनस टेककार्डिया एप्रोप्रीऐट साइनस टेककार्डिया र इनएप्रोप्रोएट साइनस टेककार्डिया दुई प्रकारको हुन्छ ।

यस्तो समस्यामा मुटुको चाल तीव्र हुने, छाती दुख्ने, थकान अनुभव हुने, पसिना आउने लक्षण देखापर्छ ।

रोगको उपचार

आइएसटीका रोगीले शारीरिक श्रम गर्नु हुँदैन । इनएप्रोप्रोएट साइनस टेककार्डिया लामो समयसम्म रहने समस्या हो । यसैले यसको उपचार क्रमिक रुपमा गर्नुपर्ने हुन्छ । 

आइएसटीको उपचार औषधी वा ओपन हार्ट सर्जरीद्वारा गर्न सकिन्छ । तर, ओपन हार्ट सर्जरीको अवस्था त्यती आएको देखिदैन । चिकित्सकले औषधीद्वारा नै यसको उपचार गर्दै आएका छन् ।

यदि इनएप्रोप्रोऐट साइनस टेककार्डियाको कुनै लक्षण आफ्नो शरीरमा लगातार २४ घण्टासम्म रहेमा शरीरको चेकजाँच गराउनुपर्छ ।

चिकित्सकको परामर्श लिनै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?