मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्दा दर्ता

काठमाडौँ – बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप दुई वटा हत्याको मुद्दा दर्ता भएको छ ।

योसँगै उनीविरुद्ध दर्ता हुने मुद्दाको सङ्ख्या ९४ पुगेको छ । तीमध्ये अधिकांश विद्यार्थी आन्दोलनका क्रममा मृत्यु भएकाहरुका परिवारले दर्ता गरेका मुद्दा रहेको बङ्गलादेशका मिडियाहरूले उल्लेख गरेका छन् । 

जुलाई १९ मा ढाकाका एक व्यक्तिको हत्या गरेको आरोपमा हसिना र अन्य २६ विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको थियो ।

यस मामिलामा पूर्व गृहमन्त्री असदुज्जमान खान, अवामी लिगका महासचिव ओबैदुल कादिरलगायत पार्टीका धेरै नेता तथा कार्यकर्ता आरोपी छन् ।

देशमा आन्दोलन चर्किएर आफै असुरक्षित बनेपछि हसिनाले राजीनामा दिएर अगस्त ५ मा बङ्गलादेश छोडेकी थिइन् । उनी हाल भारतमा रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?