मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको मनोनयन सार्वजनिक, को को परे ?

काठमाडौँ – विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अरको २०२४ को मनोनयन सार्वजनिक गरिएको छ ।

फ्रान्स फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो प्रतिष्ठित अवार्डका लागि यस वर्ष ३० जनाको मनोनयन सार्वजनिक गरिएको छ । अब यी ३० जना मध्येबाट नै अक्टोबर २८ मा हुने एक समारोहमा एक जनालाई बेलून डो अर अवार्डले सम्मानित गरिने छ ।

मनोनयनमा परेका खेलाडीमा जुडे बेलिंघम (रियल म्याड्रिड/इङल्याण्ड), रुबेन डियाज (म्यानचेस्टर सिटी/पोर्चुगल), फिल फोडेन (म्यानचेस्टर सिटी/इङल्याण्ड), फेडेरिको भाल्भेर्डे (रियल म्याड्रिड/ उरुग्वे), इमिलियानो मार्टिनेज ( एस्टन भिल्ला/ अर्जेन्टिना), इर्लिंग हलाण्ड (म्यानचेस्टर सिटी/ नर्वे), रहेका छन्  । 

त्यस्तै निको विलियम्स (एथलेटिक क्लब/स्पेन), ग्रान्ट जाखा (बायर लिभरकुसेन/ स्वीजरल्याण्ड), अर्टेम डोभबिक (एस रोमा/युक्रेन), टोनी क्रूज (रियल म्याड्रिड/ जर्मनी), भिनिसियस जुनियर (रियल म्याड्रिड/ब्राजिल), डानी ओल्मो (बार्सिलोना/स्पेन), फ्लोरियान विर्त्ज (बायर लिभरकुसन/जर्मन), मार्टिन ओडेगार्ड (आर्सनल/नर्वे), माट हुमेल्स (रोमा/जर्मनी), रोड्री (म्यानचेस्टर सिटी/स्पेन), ह्यारी केन (बायर्न म्युनिख/इङल्याण्ड), डेकलान राइस (आर्सनल/ इङल्याण्ड), भिटिन्हा (पिएसजी/पोर्चुगल) पनि मनाेनयमा परेका छन् । 

याे सूचीमा कोल पार्मर (चेल्सी/इङल्याण्ड), डानी कार्भाजल (रियल म्याड्रिड/ स्पेन), लामिन यमल (बार्सिलोना/स्पेन), बुकायो साका (आर्सनल/इङल्याण्ड), हाकान कलहानोग्लु (इन्टर मिलान/टर्की), विलियम सालिबा (आर्सनल/फ्रान्स), किलीयन एम्बाप्पे (रियल म्याड्रिड/ फ्रान्स), लाउतारो मार्टिनेज (इन्टर मिलान/ अर्जेन्टिना), एडेमोला लुकम्यान (एटलान्टा/नाइजेरिया), एन्टोनियो रुडीगेर (रियल म्याड्रिड/ जर्मनी) र अलेजान्द्रो ग्रिमाल्डो (बायर लिभरकुसन/स्पेन) रहेका छन्  ।

बेलुन डो अरको गत वर्षको अवार्ड जितेका लियोनेल मेसी भने यस वर्ष मनोनयनमा परेका छैनन् । त्यस्तै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो समेत यस मनोनयनमा रहेका छैनन् ।

अहिलेसम्म मेसीले ८ पटक र रोनाल्डोले ५ पटक बेलुन डो अर अवार्ड जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?