मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी सुरक्षित बनाउने  ह्वाट्सएप ?

ह्वाट्सएप सहज म्यासेन्जिङ एप हो। म्यासेज,कल गर्नका लागि छिटो र सहज मानिन्छ। नेपालमा पनि यसको प्रयोग पछिल्लो समय बढ्दै गएको छ। 

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको तुलनामा ह्वाट्सएप अलि फरक छ। यसमार्फत हत्तपत्त जो-कोहीसँग जोडिन मिल्दैन। तपाईंको मोबाइल नम्बर भएका अन्य ह्वाटस्एप प्रयोगकर्ता मात्रै यसमार्फत तपाईंसँग जोडिन सक्छन्। 

तर यस्ता प्लेटफर्ममा असुरक्षा बढ्दै गएको पनि छ। यस्ता प्लेटफर्मलाई जतिसक्दो सावधानीपूर्वक चलायो त्यति नै सुरक्षित पनि हुन्छ।

सजिलो माध्यममा अलिकति सावधानी अपनाउँदा धेरै सुरक्षित पनि हुन्छ।

– ह्वाट्सएपले तपाइको कन्ट्याक्ट सूचीमा भएकाहरुलेमात्र तपाइको प्रोफाइल हेर्नमिल्ने सुविधा दिएको छ। यसका लागि सेटिङमा गएर अकाउन्टमा क्लिक गर्नुपर्छ। त्यसपछि प्राइभेसीमा जाने। 

त्यहाँ गएपछि प्रोफाइल फोटो भन्ने बिकल्प आउछ। त्यसमा तपाइको प्रोफाइल फोटो कसले हेर्न पाउने भन्ने तीनओटा बिकल्प हुन्छन्। त्यसमध्ये ‘माइ कन्ट्याक्टस’ भन्ने छनौट गर्नुपर्छ। यसो हुँदा तपाइको सूचीमा नभएका प्रयोगकर्ताले तपाइको प्रोफाइल हेर्न पाउँदैनन्।

– मोबाइलमा हामीले धेरैथरी मान्छेका नम्बर सेभ गरेका हुन्छौ। तर ती सबैसग हामी ह्वाट्सएपमा च्याट तथा कल गर्न इच्छा नराख्न पनि सक्छौ। व्यक्तिगत तथा क्षनिक कामका लागि दिइएको वा लिएको नम्बर पनि हाम्रो सूचीमा हुँदा सहजै ह्वाट्सएपमा पहुँच पाउनसक्छन्। तर त्यस्ता नम्बर जोसँगह ह्वाट्सएपमा सम्पर्क आवश्यक छैन भन्ने लागेमा ब्लक गर्नसकिन्छ। त्यस्ता नम्बलाई छनौट गरेर ह्वाट्सएपमा ब्लक गर्न सकिन्छ। यसबाट अनावश्यक म्यासेज आउँदैन।

– नचिनेको नम्बर तथा व्यक्तीबाट आएको फोन तत्काल रिसिभ गर्न हुँदैन। यदि कुनै त्यस्तो महत्वपूर्ण हो भन्ने पहिचान भएको खण्डमा मात्र कर रिसिभ गर्नुपर्छ।

– आफूले चलाइरहेका कुनै पनि अकाउन्टको पासवर्ड तथा पिन ह्वाट्सएपको माध्यमबाट सेयर गर्न हुँदैन। बैंक डिटेल तथा अन्य कुनै पनि ओटीटी प्ल्याटफर्मको सापवर्ड सेयर गर्न हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?