मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रेसर लो भएका व्यक्तिले कस्तो खानेकुरा खाने ?

अस्तव्यस्त जीवनशैली तथा खानपानमा ध्यान नदिँदा मानिसहरू विभिन्न रोगबाट ग्रसित छन् । ब्लड प्रेसर लोन पनि स्वास्थ्यको अनगिन्ती समस्यामध्ये एक हो ।

ब्लड प्रेसर लोन बिरामीहरूले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सकिन्छ । सामान्य रक्तचाप १२०/८० हुनुपर्छ । तर, यदि तपाईँको ब्लड प्रेसर ९०/६० वा त्यो भन्दा कम छ भने,लोन ब्लड प्रेसर भएको मानिन्छ ।

सामान्यतया यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरूले गुलियो खानेकुराहरू खाने गर्दछन् । लोन ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केही जानकारी तल दिइएको छ ।

१. पात भएको सागसब्जी:
पात भएको सागसब्जीमा आइरन हुने गर्दछ जुन मानव शरीरको लागि अत्यावश्यक खनिज पदार्थ हो । ब्लड प्रेसरलाई कम गरेर त्यसलाई सामान्य बनाउनका लागि यो निकै महत्त्वपूर्ण हुने गर्दछ । सागसब्जीमा प्रोटिन र भिटामिन हुने गर्दछ । ब्लड प्रेसरलाई सामान्य बनाई राख्नका लागि प्रत्येक दिन सागसब्जी खाने गर्नुहोस् ।

२. डार्क चक्लेटः
डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरूका लागि राम्रो मानिन्छ ।

३. बदामः
बदामले तपाईँको ऊर्जा र प्रतिरोध क्षमतालाई वृद्धि गर्ने गर्दछ । यसका साथै यसले रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस् ।

४. बिना बोसोको मासु:
यस्तो मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ । जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरूका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ । यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो ।

५. रसिलो पोसिलो झोल पदार्थ :

टुसा उम्रेको गेडागुडी र झोलिलो पदार्थ खाँदा शरीरमा ऊर्जा र राम्ररी रक्तसञ्चार हुन्छ । प्रेसर लो भएको बेला टुसा उम्रेको गेडागुडीको कारण शरीरमा छिटै शक्ति प्राप्त हुन्छ ।

६. फलफूलः
यस्तो फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढी हुन्छ यो यस्तो फल हो । जसले रक्तचापका बिरामीका लागि निकै राम्रो हुने गर्दछ।

७. कालो खाद्य पदार्थ:
कालो अङ्गुर, कालो छोकडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ । यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ। यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ।

८. अमिलो खाद्य पदार्थ:
गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला आदि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ किनभने यसमा पानी र एसिड दुवै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरूको शरीरमा ऊर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ।

९. गहुँ:
मैदाको तुलनामा गहुँ निकै राम्रो मानिन्छ। कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ ।

१०. लसुन:
लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरूको रक्तचाप सामान्य हुने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?