मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फलफूलको साथमा नखानुहोस् यस्ता खानेकुरा, हुनसक्छ घातक संयोजन 

फलफूल स्वास्थ्यका लागी निकै लाभदायक हुन्छ । यसको सेवनले शरीरलाई तागत दिन्छ,स्वस्थ–स्फूर्त राख्छ । फलफूलमा शरीरलाई अत्यावश्यक हुने पोषक तत्त्वहरू भरपुर मात्रामा पाइन्छ ।

हरेक फलबाट शरीरले कुनै न कुनै तत्त्व पाउँछन् । फलफूलबाट शरीर स्वस्थ रहन्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । तर फलफूलको सेवन गर्दा तपाईँले थाहा पाउनुपर्ने केही कुराहरू पनि रहेका छन् ।

जुन आज हामी तपाईँलाई जानकारी गराउँछौ । फलफूललाई केही खानेकुराहरूसँग मिसाएर खाँदा स्वास्थ्यलाई बेफाइदा हुन्छ । नोक्सान हुन्छ । 

फलफूल अनि प्रोटिनले भरिपूर्ण चिज 

फलफूलको साथमा पर्याप्त मात्रामा प्रोटिन पाइने खानेकुरा मासु वा अन्डा खानु हुन्न । प्राकृतिक रूपमा गुलियो हुन्छन् फलफूल । यो सजिलै पच्छ । तर प्रोटिन पचाउन धेरै समय लाग्छ । एकैसाथ यी दुई चीज खाँदा पाचनसम्बन्धी समस्या आउन सक्छ । 

खाना खाने बित्तिकै फलफूलको सेवन 

कहिलेकाहीँ हामी पेटै चर्किने गरी खान्छौ । अनि खाने बित्तिकै फलफूलमा पनि हात पुगिसक्छ । फलफूल र खाना पच्ने आ–आफ्नै समय हुन्छ । फलफूल छिटै पच्छ, खाना पच्न समय लाग्छ । खाना खाएपछि कम्तीमा पनि आधा घण्टाको अन्तर पछि मात्रै फलफूलको सेवन गर्नुहोस् । 

फल र उच्च स्टार्च भएका वस्तु

फलफूललाई पाउरोटी वा आलु जस्ता स्टार्च धेरै पाइने खाद्य पदार्थसँग मिलाएर खाँदा पेटमा फर्मेन्टेशन हुन सक्छ । जसका कारण पेट डुम्म हुने,फुल्ने वा ग्यास भरिने समस्या हुन सक्छ । 

खरबुजा र अन्य फल

खरबुजालाई अरू फलसँग नमिसाईकन सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अरू फलफूलको साथमा यसलाई खाँदा पाचनसम्बन्धी समस्या आइपर्न सक्छ । 

अमिलो फल र दूधजन्य वस्तु

अमिलो फलफूलको साथमा कहिल्यै पनि दूध– दहीको सेवन गर्नुहुँदैन । यसो गर्दा पाचनसम्बन्धी समस्या देखिन सक्छ । अमिलो फलफूलमा एसिड हुन्छ । यो एसिड दूधजन्य सामाग्रीमा हुने प्रोटिनसँग मिलेर समस्या उत्पन्न गराउन सक्छ । त्यसैले यी दुई वस्तु सकेसम्म अलग–अलग नै खानुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?