मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्री वाई-फाई चलाउनुहुन्छ भने ध्यान दिनुस् यी कुरा, नत्र होला डाटा चोरी

कतिपयलाई पब्लिक वाई-फाई प्रयोग गर्नुपर्ने बाध्यता पनि होला । घरबाहिर जाँदा इन्टरनेट पहुँचमा रहन मोबाइल डेटा लिनुको सट्टा यस्ता फ्री वाई-फाई प्रयोग गर्न सकिन्छ ।

यतिमात्रै होइन, पसल, रेस्टुराँ वा अन्य ठाउँमा जाँदा अनलाइन भुक्तानीका लागि पनि हामीलाई इन्टरनेट चाहिन्छ । यस्तो अवस्थामा पब्लिक वाई-फाईमार्फत् मोबाइल बैङ्किङ वा डिजिटल वालेटबाट भुक्तानी गर्ने गर्छौँ ।

तर त्यसैले फ्री वाई-फाई प्रयोग गर्दा केही विषयहरूमा तपाईँले ध्यान दिनुभएन भने तपाईँको डाटा र व्यक्तिगत जानकारीहरू असुरक्षित हुन सक्दछ ।

– पहिलो विषय फ्री वाई-फाई यदि तपाईँ पनि प्रयोग गरिरहनुभएको छ भने यस्ता साइटहरूमा नजानुहोस् जहाँ तपाईँले आफ्नो बारेमा व्यक्तिगत जानकारीहरू बैङ्क एकाउन्ट, घरको ठेगाना, मोबाइल नम्बर, ट्याक्स नम्बरलगायत दिनुपर्ने हुन्छ ।

– कनेक्ट गर्नुभन्दा पहिले नेटवर्कलाई भेरिफाई गर्नुहोस् । एयरपोर्ट, बस स्टेसन, पार्क, रेस्टुरेन्ट तथा होटलहरुलगायत सार्वजनिक स्थानहरूमा यदि फ्री वाई-फाई उपयोग गर्न चाहनुहुन्छ भने यसको लागि एक अफिसियल लगइन पेज हुन्छ र त्यसमा मात्र गएर प्रयोग गर्नुहोस् ।

– सेक्योर वेबसाइटहरुलाई एचटिटिपिएस वेबसाइटहरू भनेर चिनिन्छ र त्यस्ता वेबसाइटहरू मात्र प्रयोग गर्नुहोस् । यदि केवल एचचिचिपि मात्र छ भने ती वेबसाइटहरूमा जान वा हेर्न जोखिमयुक्त हुनेछ ।

– एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नुहोस् । किनकि यसले सिस्टममा अनावश्यक रुपमा प्रवेश गर्न चाहने सफ्टवेयरबाट बचाउँछ । यसबाहेक फायरवाल इनेबल्ड राख्नुहोस् र कठिन प्रकृतिको पासवर्ड प्रयोग गर्ने गर्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?