मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मिसिङ्गः केटी हराएको सूचना’ को रिलिज मिति तय

काठमाडौँ – दीपेन्द्र गौचनले नयाँ फिल्म ‘मिसिङ्गः केटी हराएको सूचना’ कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ । 

‘उजेलीः अ चाइल्ड ब्राइड इन नेपाल’ र विश्व फिल्म उद्योगमा योगदानका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली फिल्म क्षेत्रमा नयाँ काम गर्न लागेका हुन् । 

दुई दशकपछि नेपाल फर्किएका निर्देशक गौचनको यो फिल्ममा सीताको भूमिकामा सृष्टि श्रेष्ठ रहेकी छिन् भने रामको भूमिकामा नाजिर हुसेन  रहेका छन् । 

त्यसैगरी विलासको भूमिकामा संजय मिश्रा तथा अमितेश शाह टिकट बिक्रेताको रोलमा रहेका छन् । यस बाहेक जनकपुरबाट थप स्थानीय कलाकारहरूले विभिन्न भूमिका निभाएका छन् ।

फिल्मको कार्यकारी निर्मातामा नकिम उद्दीन, छायांकनमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ, कला निर्देशनमा अक्की थेक्पा, साउण्ड डिजाइनमा श्रावल आरपी, र म्यूजिक कम्पोजरका रुपमा क्रिस मसन्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?