मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिमुरको सेवनले मिल्छ यति धेरै स्वास्थ्य लाभ

स्वादका लागि हामीले अचारमा टिमुर हालेर खाने गर्छौँ । स्वादका लागि मात्रै नभएर टिमुर स्वास्थ्यका हिसाबले पनि निकै लाभदायक भएको चिकित्सक बताउँछन् । 

विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिलाई पनि यसले लाभ गर्छ । तरकारी अचारमा हालेर खाँदा स्वादिलो हुने त छँदै छ । दाँत दुखेको दाँत कीराले खाएको छ भने टिमुर खाँदा फाइदा गर्छ ।

पेटमा जुका, चुर्ना छ भने टिमुर खाँदा फाइदा गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

नेपालमा टिमुरको प्रयोग मसलाको रूपमा गरिन्छ । विशेष गरी अचार बनाउन यो बढी प्रयोग गरिन्छ । जङ्गली जुका फाल्न, पेटको विकार फाल्न, जैविक विषादी बनाउन आदि काममा समेत टिमुरको प्रयोग गरिन्छ ।

यसको फल, रुखको बोक्रा, फूललगायत सबै भागलाई दन्तमन्जन, साबुन, अत्तर आदि बनाउनको लागि पनि प्रयोग गरिन्छ ।

टिमुर सेवनले मिल्छ यस्तो स्वास्थ्य लाभहरू

–दाँत दुखेको, पेटको विकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोगले राहत दिन्छ । 

–टिमुरले शरीरलाई ऊर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ ।

–खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ ।

– हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।

– आँखाको दृष्टि कम भएका मानिसले नियमित रूपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।

– न्यून रक्तचाप भएका व्यक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्‍याउने गर्छ ।

– गाउँघरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरी निको गराइन्छ । टिमुरको फलको बोक्राबाट तेल तयार पारिन्छ । यस्तो तेल सुगन्धित हुने गर्छ ।

– टिमुरमा फस्फोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ ।

– कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ ।

– टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने विभिन्न किरा तथा जुकाहरूलाई मार्नको लागि पनि सहयोग पुर्‍याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?