मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुनियर एनटीआरले गरे बाढी पीडितका लागी १ करोड सहयोग

काठमाडौँ – दक्षिण भारतीय सुपर स्टार जुनियर एनटीआरले गरे बाढी पीडितका लागी १ करोड सहयोग गरेका छन् । केही दिनदेखिको लगातारको अविरल बर्षाले आन्ध्र प्रदेश र तेलंगानामा ठूलो क्षथि पुर्याएपछि जुनियर एनटीआरले मुख्यमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेका हुन् ।

आन्ध्र प्रदेश र तेलंगानामा विगत ३ दिनदेखि परेको भारी वर्षाका कारण धेरै जिल्लामा बाढी आएको छ । दुवै राज्यमा अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ । धेरै साउथ सेलिब्रेटीहरूले यस दुखद घडीमा मद्दतको हात बढाएका छन्।

उनले आन्ध्र प्रदेशको मुख्यमन्त्री राहत कोषमा ५० लाख र तेलंगाना राहत कोषमा ५० लाख रुपैयाँ दान गरेका छन् । जुनियर एनटीआरले सोसल मिडिया प्लेटफर्ममा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘दुवै राज्यमा आएको बाढी र भारी वर्षाका कारण म निकै चिन्तित छु । यस दुःखद घडीमा छिट्टै विजयी हुने शक्ति प्रदान गरुन् भनी भगवानसँग प्रार्थना गर्दछु। दुवै प्रदेशमा राहतका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रयास गरेको छु ।

यसैबीच फिल्म कल्की २८९८ एडीका निर्माता तथा वैजयन्ती मुभिजका प्रमुख अश्विनी दत्तले आन्ध्र प्रदेशको मुख्यमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ दान गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस राज्यले हामीलाई धेरै दिएको छ र अब यो कठिन समयमा हामीलाई साथ दिने पालो आएको छ। अभिनेता विश्वक सेनले पनि तेलंगाना सीएम राहत कोष र आन्ध्र प्रदेश राहत कोषमा १० लाख रुपैयाँ दान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?