चिनीको सेवन हामी सबैले कुनै न कुनै माध्यमबाट गरिरहेकै हुन्छौ । स्वादमा गुलियो र मिठो हुने चिनीको प्रयोग विशेषगरी चियामा, मिठाईहरूमा गर्ने गरिन्छ ।
कतिपय व्यक्तिहरू भने अत्यधिक गुलियो खान रुचाउने हुन्छन् । चिनिले हामीलाई मिठास र ऊर्जा दिन्छ । तर, यसको सेवन धेरै मात्रामा गरियो भने विभिन्न स्वास्थ्य समस्याहरू समेत निम्तिन सक्छन् ।
अचानक चिनी पूर्ण रूपमा बन्द गर्नाले अत्यधिक क्रेभिङ्ग र मुड स्विङ्ग हुन सक्छ त्यसैले बिस्तारै चिनीको मात्रा घटाउनुहोस् । चिनीको सट्टा, फलफूल जस्ता स्वस्थ विकल्प प्रयोग गर्नुहोस् ।
प्रशस्त मात्रामा पानी पिउनाले तपाईँलाई हाइड्रेट रहन मद्दत गर्नेछ । चिनीरहित आहारको सेवन गर्दा प्रोटिन, कार्बोहाइड्रेट समावेश भएको सन्तुलित खाना खानुहोस् ।
आज हामी तपाईँलाई तपाईँले चिनीको खपत कम गर्नुभयो वा यसलाई आफ्नो आहाराबाट हटाउनुभयो भने के–कस्ता स्वास्थ्य लाभहरू मिल्छन् भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।
चिनी रहित आहार सुरु गरेको पहिलो हप्तामा, तपाईँले आफ्नो शरीरमा यसको कमी महसुस गर्नुहुनेछ, जसले तपाईँलाई थकान, टाउको दुख्ने वा मुड स्विङ्गको अनुभव हुन सक्छ ।
किनभने चिनीले ऊर्जा प्रदान गर्दछ र खुसी हर्मोन रिलिज गर्दछ । तपाईँको शरीरले चिनीको कमीलाई अनुकूल पार्ने क्रममा, ऊर्जाको स्तर बढ्न थाल्छ ।
धेरै चिनी खाँदा ऊर्जाको स्तरमा उतारचढाव हुन्छ, तर चिनीरहित आहारमा तपाईँले ऊर्जावान् महसुस गर्न मद्दत गर्ने खाना समावेश गर्न सक्नुहुन्छ जस्तै नटस् , बीज आदि । यसले तपाईँलाई उस्तै ऊर्जाको अनुभूति दिनेछ ।
धेरै चिनी खाँदा तौल बढ्छ । यस्तो अवस्थामा चिनीरहित आहार अपनाउँदा तौल घटाउन मद्दत गर्दछ, किनकि तपाईँले कम क्यालोरी खाइरहनुभएको छ । तपाईँको शरीरले बोसो जलाउन अझ प्रभावकारी रूपमा काम गर्नेछ ।
धेरै चिनी खाँदा पनि छालामा असर पर्छ । यसले एक्ने र अन्य छालाको समस्या निम्त्याउन सक्छ । चिनी रहित आहार अपनाउनाले छालामा भइरहेको हानिलाई पनि कम गर्छ, जसले गर्दा तपाईँको छाला चम्किलो र स्वस्थ देखिन्छ ।
धेरै चिनी खाँदा मधुमेहको जोखिम बढ्छ । चिनीरहित आहार अपनाउँदा तपाईँको रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ, जसले मधुमेहको जोखिम कम हुन्छ ।
चिनीरहित आहार अपनाउँदा रक्तचाप कम हुन्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहन्छ, जसले मुटुको स्वास्थ्यमा सुधार गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया