काठमाडौँ – फिट रहने चाहना सबैको हुन्छ । यद्यपि चाहना हुँदा हुँदै पनि सबै जना फिट भने रहन सक्दैनन् । सधैँ फिट रहनका लागि निम्नानुसार कुराहरूमा ध्यान दिनु आवश्यक छ । ती निम्नानुसार छन् –
–व्यस्त जीवन शैली भएकाहरूले क्याल्सियम तथा आइरन प्राप्त हुने खानेकुरा प्रशस्त खाने ।
–झोल खाना, फलफूल तथा सलाद बढी खाने ।
–स्वस्थ र फिट हुने हो भने चिल्लो, पिरो एवं मसलादार खानेकुरा कम खाने ।
–जतिसुकै काम भए पनि कम्तीमा आधा घण्टा मर्निङ वाक गर्ने ।
–दिनहुँ एक्सरसाइज गर्न सकिएन भने कम्तीमा हप्ताको तीन दिन भए पनि समय निकाल्ने ।
–अर्काको लहैलहैमा लागेर फिटनेस क्लब ज्वाइन गर्ने अनि बीचमै छोड्ने काम नगर्ने ।
–हरेक दिन डाइट चार्टअनुसार खाना खाने ।
–फिटनेससम्बन्धी सचेतता सानो उमेरदेखि नै कायम गर्दै लाने ।
–फिट रहन मेसिन प्रयोग गर्नुभन्दा प्राकृतिक रूपमा पसिना निकाल्नु उपयुक्त हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया