काठमाडौँ – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले पदभार ग्रहण गरेका छन् ।
आइतबार सञ्चारमन्त्रीबाट नियुक्तिपत्र लिएसँगै उनले सोमबार बोर्डको कार्यालयमा पुगेर विधिवत् पदभार ग्रहण गरेर काम थालेका हुन् ।
बोर्डका कर्मचारीहरूले फूलमाला लगाएर डीसीको स्वागत गरेका छन्। पदभार ग्रहण गर्दै डीसीले फिल्म ज्ञान शास्त्रलाई निर्माण इजाजत पत्रमा हस्ताक्षर गरे।
त्यसक्रममा उनले आफू जागिर खान मात्रै नआएको भन्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि चिनिन्छन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया