मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिजरमा यस्तो देखियो ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौँ– आगामी कात्तिक १५ (लक्ष्मीपूजा) मा प्रदर्शन हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ।

यो टिजरले फिल्मका दुई मुख्य पात्र विजय बराल र प्रकाश सपूतको जीवन सङ्घर्षलाई उजागर गर्छ।टिजरमा गरिबीका कारण बुवाले झेल्नुपरेको अभाव, छोराको शैक्षिक सफलता, र बिछोडको पीडालाई प्रस्तुत गरिएको छ।

बुवाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको  टिजरलाई सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ । जसमा सन्तानको लागि बुवाले गरेका बलिदान र सङ्घर्षलाई देखाइएको छ।

फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ। सरोज पौडेलको कथा र निर्देशनमा बनेको यो फिल्म सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति हो। 

फिल्मको कथा गन्धर्व परिवारको जीवनमा आधारित सामाजिक–ड्रामा हो, जसको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्।

 फिल्मको वितरण नेपाल र अन्तर्राष्ट्रिय स्तरमा सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ। निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको फिल्ममा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल कार्यकारी निर्माताको भूमिकामा छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?