मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लण्डनमा हुने ‘इन्फा’को अवार्डको नोमिनेशन सार्वजनिक

काठमाडौँ – ‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा)–२०२४’ को मनोनयन सूची सार्वजनिक भएको छ। भाद्र २९ (सेप्टेम्बर १४) गतेबाट लन्डनमा आयोजना हुने अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो।

कुल १८ विधामा यो अवार्ड प्रदान गर्ने तयारी आयोजकको छ । त्यसका लागि वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर इन्फा अवार्डको उत्कृष्ट मनोनयन सूची तयार पारिएको हो। 

जुरी संयोजक सुनिल थापा, जुरी सदस्य गौरी मल्ल र उज्वल घिमिरेले एभेष्ट फिल्म एकेडेमीमा फिल्महरु हेरे पश्चात उत्कृष्ट मनोनयन छनोट गरिएको हो।

नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकहरुलाई सम्मान, पुरस्कार तथा प्रोत्साहन हेतुले यो अवार्ड आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?