बच्चाहरूको हुर्काइमा अभिभावकको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । बालबालिकाहरूको सिकाइमा अभिभावकको क्रियाकलापहरूले पनि धेरै प्रभाव पार्छ । यस कारण भनिन्छ नि बच्चाहरूको पहिलो पाठशाला नै घर हो ।
बच्चाहरूले आफ्नो वरपरको वातावरणबाट धेरै कुरा सिक्छन्, विशेषगरी उनीहरूका आमाबाबुको व्यवहारले उनीहरूको व्यक्तित्वमा गहिरो प्रभाव पार्छ ।
आमाबाबुले आफ्ना छोराछोरीका अगाडि जस्तो र जसरी व्यवहार गर्छन् र अन्य व्यक्तिहरू प्रति जस्तो व्यवहार देखाउँछन्, त्यसले बालबालिकाको सोचाइ र व्यक्तित्वमा गहिरो प्रभाव पार्छ ।
बालबालिकाहरूमा सकारात्मक कुराहरूको छाप छोड्न छोराछोरीमा स्वस्थ मानसिकताको विकास गर्न आमाबाबुले आफ्ना बच्चाहरूको अगाडि यी कुराहरू कहिल्यै नगर्नुहोस् ।
नराम्रो शब्दको प्रयोग र कडा स्वभावमा प्रस्तुत नहुने
यदि तपाईँ बालबालिकाको अगाडि कठोर वा अप–शब्दहरू प्रयोग गर्नुहुन्छ भने, उनीहरूले पनि सजिलैसँग यस्ता कुराहरू सिक्न सक्छन् । उनीहरूले त्यसलाई आफ्नो व्यवहारमा पनि समावेश गर्न सक्छन्। यसर्थ बालबालिकाहरूको अगाडि संयम अपनाउनुहोला ।
आक्रामक रूपमा झगडा गर्ने
जब बच्चाहरूले आफ्ना आमाबाबुलाई आक्रामक वा हिंसात्मक रूपमा लडिरहेको देख्छन्, तिनीहरूमा चिन्ता र असुरक्षाको भावना विकास हुन थाल्छ । कुनै पनि मतभेद सुल्झाउन झगडा वा वादविवाद नै गर्नुपर्छ भन्ने उनीहरूले महसुस गर्न थाल्छन्।
सार्वजनिक रूपमा आलोचना
यदि आमाबाबुले आफ्ना छोराछोरीको सार्वजनिक रूपमा आलोचना गर्छन् भने यसले उनीहरूको आत्मसम्मानलाई कम गर्छ । उनीहरूलाई लज्जित महसुस गराउँछ । यसले उनीहरूको आत्मविश्वास घटाउन सक्छ यस कारण अन्य व्यक्तिहरूको अगाडी आफ्ना छोराछोरीलाई नराम्रो गाली,अपशब्द प्रयोग गर्नुहुँदैन ।
आफ्ना समस्याहरू बालबालिकामाथि लगाउने
यदि तपाईँले आफ्ना व्यक्तिगत समस्याहरू वा तनाव बालबालिकामाथि थोपर्ने गर्नुभयो वा उनीहरूका अगाडि व्यक्त गर्नुभयो भने उनीहरू बढी दबाब वा चिन्ता पर्न सक्छ । यसो हुँदा उनीहरूले नकारात्मक बाटो रोज्न सक्छन् ।
झूट बोल्नु
आमाबाबुले छोराछोरीलाई झूट बोल्छन् वा गलत कुरा बुझाउँछन् भने बच्चाहरूले झूट बोल्नु वा झुटो कुरालाई साँचो भएको नाटक गर्नु सामान्य हो । यस कारण बालबालिकाहरूको अगाडि झुट कहिल्यै नबोल्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया