मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’मेला सुरु

डोल्पा – हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गस्थित शेल गुम्बामा बाह्रवर्षे शे मेला सुरु भएको छ ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७औँ मेला सुरु भएको गाउँपालिकाका उपाध्यक्ष एवं प्रचारप्रचार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिइन् ।

प्रत्येक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचाहन झल्काउने उनले बताइन्। यस मेलाबाट सामाजिक एकता एवं सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्विक सम्पदाको विश्वसामु प्रचारप्रचार हुने आयोजकले जनाएको छ ।

रिवो डुग्ड्राको धार्मिक ढोका खुलाउने जिक्तेन गोन्पो रिन्छेन पलका शिष्य तपस्वी डुपतोप सिङ्गे यिशेको सम्मानस्वरुप लाग्ने यो मेलाबाट समग्र डोल्पो दर्शन बुझ्न सकिने उपसमितिका संयोजक गुरुङले बताइन् ।

मेलामा सहभागी हुन पूर्वमन्त्री तथा डोल्पाका लागि सङ्घीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइतलगायत बौद्ध धर्मावलम्बीहरुका प्रमुख लामालगायत व्यक्ति पुगेका छन् । मेला चार दिनसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?