मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हात्तीबाट जुम्ल्याहा सन्तानको जन्म !

काठमाडौँ – दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ ।

अगष्ट २६ मा जन्मिएका केटाकेटी ‘एक भाले र एक पोथी’ दुबै स्वस्थ रहेका र उनीहरूकी आमा पनि स्वस्थ रहेको विङगबाउ हात्ती शिविरका पशु चिकित्सक मायो मिन आङले बताए। आङका अनुसार पहिले केटो र त्यसको चार मिनेटपछि केटी जन्मिएका थिए ।

जुम्ल्याहा हात्तीले सुरुमा दुई दिनसम्म आमाको दूध पिउन नसक्ने भएकाले उनीहरूलाई बोतलबाट दूध खुवाइएको थियो । तेस्रो दिनदेखि जुम्ल्याहा बच्चाले आमाको दूध खान थालेका छन् । सन् १९६० पछि म्यान्मामा हात्तीको जुम्ल्याहा सन्तान जन्मेको जानकारी भएको यो १२ औं घटना हो ।

अहिले विङबाउ हात्ती शिविरमा नयाँ जुम्ल्याहा केटाकेटीसहित नौ वटा हात्ती रहेको र यो दुर्लभ जन्म भएकाले उनीहरूलाई विशेष हेरचाहका लागि व्यवस्था गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?