मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एमबीबीएस परीक्षामा रौतहटका दुई विद्यार्थी नेपालमै पहिलो र दोस्रो !

रौतहट – शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात पुछारमा रहेका जिल्ला रौतहटका दुई जना विद्यार्थी एमबिबिएसको परीक्षामा नेपालमै क्रमशस् पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबिबिएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनौट परिक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोश्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।

शिक्षा मन्त्रालयद्धारा शुक्रवार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका-१, जेठरहिया चिकना गाँउका विद्यार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान ९नेपाल टप० र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विद्यार्थी मधुसुदन प्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबिबिएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् । यसअघि गत एसईई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एकजना छात्रा अञ्जली कुमारी झाले ४ जिपिए अंक ल्याएर देशमै उत्कृष्ट बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?